Timlai aafno Bhanne Mero Anju Panta Song Download
Play This Song
Song Lyrics
तिम्लाई आफ्नो भन्ने मेरो
तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमे पनि
मलाई घृणा गर्छौ भन्ने हल्लाहरू सुने पनि
तिम्रै माया लाग्छ, कसम! तिम्रै माया लाग्छ
तिम्रै माया लाग्छ, कसम! तिम्रै माया लाग्छ
हो, तिम्रै माया लाग्छ
तिम्लाई आफ्नो भन्ने मेरो...
मेरो चोखो मायालाई साँचो होइन भनी गयौ
जुनकिरीलाई जूनताराको खाँचो छैन भनी गयौ
मेरो चोखो मायालाई साँचो होइन भनी गयौ
जुनकिरीलाई जूनताराको खाँचो छैन भनी गयौ
मलाई ढाँटी जीवनसाथी अरूलाई नै चुने पनि
मलाई घृणा गर्छौ भन्ने हल्लाहरू सुने पनि
तिम्रै माया लाग्छ, कसम! तिम्रै माया लाग्छ
तिम्रै माया लाग्छ, कसम! तिम्रै माया लाग्छ
हो, तिम्रै माया लाग्छ
तिमीलाई आफ्नो भन्ने मेरो...
तिम्रो मान्छे बन्न पाइन, यही भाग्यको ठूलो दोष छ
तिम्लाई माया गर्ने मेरो अधिकार त कसले खोस्छ?
तिम्रो मान्छे बन्न पाइन, यही भाग्यको ठूलो दोष छ
तिम्लाई माया गर्ने मेरो अधिकार त कसले खोस्छ?
कसम तोडी, मलाई छोडी अन्तै माया गाँसे पनि
मलाई घृणा गर्छौ भन्ने हल्लाहरू सुने पनि
तिम्रै माया लाग्छ, कसम! तिम्रै माया लाग्छ
तिम्रै माया लाग्छ, कसम! तिम्रै माया लाग्छ
हो, तिम्रै माया लाग्छ
हो, तिम्रै माया लाग्छ
हो, तिम्रै माया लाग्छ